पर्सा प्रहरीको क्राइम ब्रान्च बिक्यो कपडा, कवाडी र पाडा पाडी तस्करसंग लाखौं असूली

0
208
Ad_Article_Top
Share :
meropathsala.com

बीरगंज ११ फागुन : जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेको क्राइम ब्रान्च आपराधीक र तश्कर गिरोहको मतियारको रुपमा परिभाषित हुन थालेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेलाई समेत गुमराहामा पारेर क्राइम टोलीले कपडा, कवाडी एवँ पाडा पाडी तश्करसँग निकै मोटो नजराना लिएको समाचार प्राप्त हुन आएको छ । टोलीले तश्कर समुहसँग सबै निकायलाई मासिक रुपमा नजराना दिनुपर्छ भन्दै एक होटलामा हालैमात्र रकम बुझेको समाचार प्राप्त हुना आएको छ पर्साको धोरे, जानकी टोला, बडका गाउँ, प्रसौनी, अलौ इनरवा लगायतका स्थानबाट ठूलो परिमाणमा यस प्रकृतिको काम भैरहेको समाचार प्राप्त हुन आएको छ ।

यस बारेमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक शुभम राणासंग सम्पर्क राख्दा कुनैपनि तश्करसँग प्रहरीले नजराना नलिएको र प्रहरीको काम चोरी तश्करी नियन्त्रण एवं अपराध र गैरकानूनी काम रोक्न प्रहरीले कुनै कसर बाँकी नराखि लागेकोले प्रहरीको इमान्दारिताबाट अत्तालिएकाहरुले तश्करसँग प्रहरीलाई जोड्ने गरेको तर अनावश्यक हल्लाको पछि प्रहरी नलाग्ने दृढता ब्यक्त गर्नुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here