मुर्लीमा हनुमान मन्दिरको शिलान्यास, मन्दिर निर्माणको लागि बिद्यावती देवीले गरिन पौने ३ करोडको जग्गा दान

0
66
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,फागुन ११ राकेश साह
वीरगंज वडा नम्बर १२ मुर्लीमा आज हनुमान मन्दिरको शिलान्यास गरिएको छ । मन्दिर निर्माणको लागि जग्गा दान गर्नुभएकी जग्गा दाता कलैया निवासी बिद्यावती देवीले मन्दिर निर्माणको शिलान्यास गर्नुभएको हो । बिद्यावतीले मन्दिर निर्माणको लागि करिव पौने ३ करोड मुल्य बराबारको ३१ धुर जग्गा दान गर्नुभएको हो । बिद्यावतीले डेढ बर्ष अगाडि जग्गा मन्दिरको नाममा दान गरेको स्थानिय अनिल महतोले बताउनुभयो । मन्दिर निर्माणमा सहयोग गर्न सम्पुर्णलाई जग्गादाताको छोरा दिपु गुप्ताले आग्रह गर्नुभयो ।

शिलान्यास कार्यक्रममा ओविसी पर्सा अध्यक्ष अकलेश साह, उपाध्यक्ष प्रमोद मण्डल, नेपाली काँग्रेसका क्षेत्रिय सभापति अरबिन्द गुप्ता, बिरेन्द्र महतो,जसपाका नेता मदन गुप्ता,स्थानिय अनिल महतो,जयलाल साह,हृदय नारायण साह लगायतको उपस्थिती रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here