वीरगन्ज ११ फागुन : पर्सा जिल्लामा कोरोना विरुद्धको दोस्रो चरणको खोप ४ हजार ८४० जनाले लगाएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले बताउनु भएको छ । फागुन १० गते हिजो सम्म सञ्चालित दोस्रो चरणको खोप ५ हजार १४१ जनालाई दिने लक्ष्य रहेकोमा ८८ प्रतिशत अर्थात् ४ हजार ८४० जनाले लिएको उनले जानकारी गराए ।
पहिलो चरणको खोप पर्सा जिल्लामा लक्ष्य भन्दा बढीले लिएका थिए । पहिलो चरणमा ४ हजार ७९ जनालाई खोप दिने लक्ष्य रहेकोमा ५ हजार ६१ जनाले खोप लिएका थिए ।