प्रधानमन्त्री ओलीको जन्मदिन वीरगंजमा ओविसी पर्साद्धारा मनाइयो ( फोटो फिचर )

0
63
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, ११ फागुन : अखिल नेपाल पिछडावर्ग ९ओविसी० महासंघ पर्साले आज वीरगंजमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ७०औं जन्मदिन मनाएको छ । ओविसी पर्सा अध्यक्ष अकलेश साहको अगुवाईमा घण्टाघरमा केक काटेर जन्मदिन मनाएको हो । केपी ओली आईलभयु, आजलाई होइन भोलीलाई दस बर्ष ओलीलाई,अघि बढ ओली बा ज्यान दिन त्यार छौ ,केपी ओली रेलमा भ्रष्टाचारी जेलमा लगायत नारा लगाउदै जन्मदिन मनाएका थिए ।


पछिल्लो समय मधेशमा प्रधामन्त्री ओली प्रति लोकप्रियता बढेको छ । मधेश आन्दोलनको ईपिसेन्टर वीरगंजमा प्रधानमन्त्री ओलीको जन्मदिन धुमधामका साथ मनाउनु ओली प्रति युवाहरुको लोकप्रियता बढेको पुष्टि भएको अध्यक्ष साहले बताउनुभयो । सो अवसरमा ओविसीका पर्सा उपाध्यक्ष प्रमोद मण्डल, कोषाध्यक्ष अरुण कुशवाहा,सहसचिव राजन साह, सदस्यहरु संदिप महतो, सदस्यहरु बिपि यादव विनोद यादव ,फतेआलम अनसारी , सफुदिन अनसारी , प्रमोद पटेल , राहुल पटेल , भगवानलाल पटेल लगायतको उपस्थिती रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here