पर्सा जिल्लामा तस्करीका कारण पेट्रोलियम पदार्थको अभाव

0
39
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ११ फागुन : पर्सा जिल्लाबाट पेट्रोलियम पदार्थको तस्करी बढ्दो छ । भारतमा पेट्रोलियम पदार्थ नेपालको तुलना निकै महगो भएको कारण दिनहु पेट्रोल, डिजेलको तस्करी भइरहेको छ । केही महीना देखि पर्सा जिल्लाको जानकीटोला, भिस्वा, दसौता, पाडेपुर, महादेवपट्टी, सुवर्णपुर, विजयवस्ती लगायतका स्थानबाट पेट्रोलियम पदार्थको तस्करी हुदै आएको हो । भारतमा रु २५ भन्दा महगो प्रतिलिटर पेट्रोल र डिजेल पाइरहेकोले सीमावर्ती क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी बढेको हो ।

नेपाल आयल निगमबाट ग्रामीण क्षेत्रमा पर्याप्त रुपमा पेट्रोलियम पदार्थ पूर्वतः रुपमा आपूर्ति हुदै आए पनि अहिले तस्करीका कारण ग्रामीण क्षेत्रका केही पेट्रोलपम्पहरमा स्थानीयहरुले पेट्रोल डिजेल नपाएको गुनासोहरु अहिले बढदो छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here