ठोरीको नम्रता खाजा घरमा आगलागी , करिब ११ लाख बराबरको धनमाल नष्ट

0
14
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ११ फागुन : ठोरी गाउपालिका–२ गौतमनगर स्थित नम्रता खाजा घरमा आज बिहान आगलागी भएर करिब ११ लाख बराबरको धनमाल नष्ट भएको छ । बिहान करीब ३ बजे आगलागी भएको र आगलागीबाट खाजा घरमा रहेको फ्रिज, फर्निचर, खाद्यान्न समेत आवश्यक कागजातहरु पनि जलेर नष्ट भएको होटल संचालकले बताए । एकाबिहानै आगलागी भएपछि स्थानीय र प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भएको थियो । आगलागीको कारण पत्ता नलागेको इलाका प्रहरी कार्यालय, ठोरीले जनाएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here